सुगर ! ‘आत्तिनु पर्दैन, ध्यान दिए पुग्छ’


काठमाडाैँ । सुगर, डायबिटीज, मधुमेह, चिनीरोग एउटै रोग हो । व्यस्त जीवनशैली र खानपानमा बेहोसियारीले अधिक जनसंख्या सुगर रोगबाट पीडित बनेका छन् । बंशाणुगत पनि सुगर देखापर्ने गर्दछ ।
सुगर हाम्रो शरीरमा इन्सुलिनको अभाव वा त्यसको कार्यक्षमतामा आएको कमिको कारण उत्पन्न हुने गर्दछ । हुन त यसलाई निको नहुने रोग पनि भनिन्छ तर नियन्त्रण भने सम्भव छ । नियमित व्यायाम तथा खानपिनमा ध्यान दिन सके सुगर नियन्त्रण हुन्छ ।
इन्सुलिनको उत्पादनमा कमी, बंशाणुगत, मोटोपना, इन्सुलिन रेजिस्टेन्स नहुनु जस्ता कारणले सुगर रोग लाग्ने गर्दछ । यो रोग लाग्दा तिर्खा लाग्नु, भोक लाग्नु, पिसाव धेरै लाग्नु, थकान महशुष हुनु, तौल घट्नु, रिंगटा जस्ता लक्षणहरु देखिन्छन् । यसकारण रोग लागेको थाहा भएपछि रगतमा ग्लुकोजको मात्रा खाली पेटमा १०० एमजीडीएल भन्दा कम र खाना खाएको २ घण्टापछि ८० देखि १४० मिग्राडेलि राख्नु जरुरी हुन्छ । चिकित्सकको निगरानीमा बस्नु अपरिहार्य छ ।
सुगरको विरामीले तेल कम गर्ने, बोसो भएका मासु नखाने, चिल्ला वस्तु नखाने, कोक फेन्टा नखाने, बदाम काजु, हर्लिक्स, आदि परेजमा बस्नुपर्दछ । रक्सी पूर्णरुपमा बन्द गर्नु आवश्यक छ ।
तर कागति पानी, सोडा पानी, फिक्का चिया, काँक्रो, गाजर, गोलभेँडा, मुला, हरियो सागसब्जी, साधारण मरमसला, हर्बल चिया, पातलो महिलाई बार्नु पर्दैन ।
सुगर रोग व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरु
- शारीरिक व्यायाम— दैनिक ४५ मिनेटदेखि १ घण्टा हिँड्ने, खेतबारीमा हलुका काम गर्ने, सामान्य खेलकुदमा सहभागी हुने ।
- चिल्लो, गुलियो परिकार नखाने ।
- धूम्रपान, सूर्तीजन्य पदार्थ जस्तैः रक्सी, चुरोट, सुर्ती, बिँडी, गुट्खा, पानको सेवन नगर्ने ।
- लामो समयसम्म भोकै नबस्ने ।
- खानासँगै सदाल, हरियो सागसब्जी, सुप प्रशस्त मात्रामा खाने ।
- गहुँ, मकै, कोदो, फापर जस्ताबाट बनेका परिकार खाने ।
- दैनिक प्रशस्त मात्रामा पानी पिउने ।
- योग, ध्यान, प्रणायाम गर्ने र मानसिक तनाव मुक्त जीवन जिउने कला सिक्ने ।
अन्त्यमा, हरेक मानिसले ३५ वर्षपछि नियमित रूपमा सुगर, टोटल कोलेस्ट्रोल, मृगौलाको र आँखाको र कलेजोको जाँच गराउनुपर्छ । खानपिन ठीक राख्ने, नियमित व्यायाम गर्ने र सुगरलाई नियन्त्रण राख्ने औषधि सेवन गर्नाले सुगर नियन्त्रण हुन्छ, सुगरका कारणले हुने अरू रोगहरूबाट बच्न सकिन्छ ।
साभार -गाँउ शहर अनलाईन
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…