बास्कोट आधारभुत बिद्यालयले मनायो बार्षिकोत्सव

आँधीखोला खवर/आँधीखोला,
आँधिखोला गाउँपालिका ५ मा रहेको बास्कोट आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सब एवं अभिभावक दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी कुलानन्द शर्माले बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको गुणस्तरमा बृद्धि हुने बताउनुभयो । कार्यक्रममा अभिभावक मेघनाथ पौडेल, मायाँ नेपाली, शिब नेपाली, मिना पौडेल, शिक्षक डोल बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो । बार्षिकोत्सबमा कमलापती शर्मा आफ्नो बुवा र आमाको सम्झना १५ हजार ५ सय १५, बलबहादुर थापाले १२ हजार ५ सय, मेघना पौडेलले बाबुको स्मृतिमा ६ हजार ५ सयको अक्षय कोष स्थापना गर्नु भएको थियो । त्यस्तै खड्क बहादुर जंगलीले बिद्यालयलाई २ थान कम्प्युटर प्रदान गर्नु भएको थियो । त्यस्तै बार्षिकोत्सबमा २०७५ सालको बार्षिक पुरस्कार बितरण समते गरिएको थियो । बार्षिकोत्सबमा प्रधानाध्यापक निलकण्ठ शर्माले बार्षिक प्रतिबेदन गर्नु भएको थियो । बिद्यायका ब्यवस्थापन समिति अध्यक्ष कमलापति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक धु्रब राज ढकालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…