फेवातालको संरक्षणमा सरकार लागि परेको छ: मुख्यमन्त्री गुरुङ

आँधीखोला खवर/पोखरा,
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताउनु भएको छ । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क शिलान्यास गर्दै उहाँले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भन्नुभयो । फेवातालको संरक्षणका लागि सर्वोच्च अदातलको आदेश कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको मन्त्री सुब्बाले जानकारी दिनुभयो । विकासका निर्माणाधीन योजनाको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्दै उहाँले निर्माण कम्पनीले आप्mनो दायित्व तथा जिम्मेवारीलाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पार्क निर्माण गरी सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्धारा संयुक्तरुपमा निर्माण गरिने ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको सो पार्कका लागि चार करोड लाग्ने महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…