पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द

आँधीखोला खवर : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा बिहीबारदेखि १४ दिनसम्म दैनिक ९ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले जनाएको छ ।
सेक्टरका अनुसारका बिहीबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।नयाँ पुलको दुवैतर्फको सडकमा काम हुँदा पुरानो पुलबाट पनि गुड्ने गाडी पनि अवरोध हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द गर्न लागिएको सडक विभागले जनाएको छ ।
यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखालगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
मुख्य बाटो बन्द हुँदा नारायणगढ मुग्लिन सडकखण्ड हुँदै चल्ने गाडी चापमा चल्नुपर्नेछ । मुग्लिनमा बनिरहेको नयाँ आर्क ब्रिज छिट्टै सञ्चालनमा आउने पनि सडक विभागले जनाएको छ ।
समाचार
थप सामाग्री-
नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।
-
आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
-
अमेरिकाबाट फर्किएर दिपकजङ्ग विश्वकर्माको शैक्षिक अभियान, ‘एक करोडको कोष निर्माण’ ।
-
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्
-
नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छ : क्रिश हयूज

लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
१ दिन अगाडि
स्याङ्जा : लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन…