पाल्पाको रामपुरमा मगर समुदायले बनाए भवन

आँधीखोला खवर/वालिङ
क्रियाशिल मगर उत्थान समुह रामपुरको १५ औँ वार्षिकोत्सव तथा नवनर्मित भवन उद्घाटन भएको छ । रामपुर नगरपालिका ७ किसान बारीमा एक कार्यक्रमका बिच वार्षिकोत्सव तथा भवन उद्घाटन गरिएको हो ।

भवनको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विर बहादुर राना रानाले मगर समुदायको भाषा संस्कृति संरक्षण गर्न सवै जुट्न जरुरी रहेको बताउनुभयो । उहाँले राम्रा संस्कार र संस्कृतिलाई अगाल्दै राज्यका हरेक तहमा सहभागिता जनाई मुलधारमा आउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघका निवर्तमान केन्द्रिय सदस्य गम बहादुर थापा , नेपाल मगर संघ प्रदेश ५ का सदस्य क्यापटेन धन बहादुर राना , नेपाल मगर संघ रामपुरका अध्यक्ष थर्क बहादुर राना , एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष क्यापटेन रोमन बहादुर राना , नेपाल कमन्युष्ट पार्टि नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई , नेपाली काँग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई ,
राष्ट्रिय मगर संघ पाल्पाका जिल्ला सभापति झमन बहादुर राज , एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका बरिष्ठ उपाध्यक्ष भुमि सरा राना , एकिकृत मगर उत्थान समाजका सल्लहाकार सदस्य देव बहादुर थापा मश्राङ्गी , लाली गुँरास मगर समुह रामपुर ५ का अध्यक्ष नरेन्द्र कुमार जर्घा , रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनी , वडा सदस्य मिन बहादुर सिंजाली , नेपाली काँग्रेस रामपुर ७ का वडा सभापति दोवराज तिवारी , किसानबारी बट्टार खानेपानी योजनाका अध्यक्ष सुर्य प्रसाद अधिकारी , समाजसेवि वेद प्रसाद भट्टराई , समुहका सदस्य बल बहादुर थापा , सामुदायिक रेडियो रामपुरका शोभाकान्त पाठक लगाएतले बोल्दै समुहले यस क्षेत्र मै नमुना काम गरेको भन्दै आगामी दिनमा मगर समुदायको उत्थानका विभिन्न कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समुहका कोषाध्यक्ष हुममाया रानाले २१ लख ५८ हजार ३ सय १८ रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो ।
समुहका अध्यक्ष रामबहादुर हिस्की थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहअध्यक्ष मञ्जु रानाको स्वागत तथा सचिव केश बहादुर थापा सारु र सुनिता रानाले गर्नु भएको थियो । कार्यक्रममा मगर संस्कृति झल्कने नाचगान समेत प्रस्तुत गरिएको थियो ।

Facebook Comments Box
TOP