नेपाल जेसिज क्षेत्र ख का अध्यक्षहरुको भेला चितवनमा सम्पन्न ।

शिव खनाल / चितवन :
नेपाल जेसिज क्षेत्र ख अन्तर्गतका अध्यक्षहरुको भेला चितवन मेघौलीमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल जेसिजका पुर्व कार्यकारिणी उपाध्यक्ष अरुणेश्वर खनालले भेटघाट कार्यक्रमले जेसिज अभियानमा सकारात्मक सन्देश जाने बताउनु भयो उहाँले यसबाट क्षेत्र ख का अध्यक्षहरुको सम्बन्ध थप मजबुत हुने बताउनु भयो । यस्तै ४६ औं राष्ट्रिय महाधिवेशन आयोजक शाखा रत्ननगर जेसिजका अध्यक्ष सुवास पोखरेलले महाधिवेशनको तयारी द्रुत गतिमा भइ रहेको जानकारी दिनुभयो उहाँले महाधिवेशनको लागि अग्रिम रजिष्ट्रेशन गरि, महाधिवेशन भव्य गराउन मद्दत गर्न आव्हान गर्नु भयो । नेपाल जेसिज क्षेत्र ख सम्मेलन आयोजक शाखा वस्तीपुर जेसिजका अध्यक्ष सुनिल अधिकारीले क्षेत्र ख सम्मेलन सभ्य र भव्य बनाउन सम्पुर्ण शाखा अध्यक्षबाट सहयोगको अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रम शारदानगर जेसिजका अध्यक्ष सन्तोष घिमिरे तथा हेटौंडा जेसिजका अध्यक्ष सन्देश डिसीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको हो । शारदानगर जेसिजका अध्यक्ष सन्तोश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गितानगर जेसिजका अध्यक्ष कृष्ण सापकोटाले गर्नुभएको थियो । भेलामा नेपाल जेसिज क्षेत्र ख अन्तर्गतका १९ अध्यक्ष सहित २५ जनाको सहभागिता रहेको थियोे ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…