घरेलु मदिरा नियन्त्रणमा स्याङजा प्रहरीले वढायो सक्रियता ।

आँधीखोला खवर/ स्याङजा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध घरेलु मदिा नियन्त्रण गरी नष्ट गर्ने अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा आज पुतलीबजार नगरपालिकाको विरेन्द्रनगर, राङखोला, कुमालगाउँ लगायतका स्थानहरुबाट प्रहरीले अवैध घरेल मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।

प्रहरीले विरेन्द्रनगरमा १ सय ८० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ७५ लिटर तयारी मदिरा, राङखोलामा २ सय ५० लिटर कच्चा पदार्थ र ८५ लिटर तयारी मदिरा र कुमाल गाउँमा ६ सय ५५ लिटर कच्च पदार्थ बरामद गरी नष्ट गरेको छ । तिनै स्थानबाट १ हजार ८५ लिटर कच्चा पदार्थ र १ सय ६० लिटर मदिरा नष्ट गरेको हो ।
यसअघि चापाकोटमा ५ सय ६५ लिटर मदिरा र सय लिटर कच्च पदार्थ, फेदिखोलामा १ सय ५० लिटर मदिरा र ३ सय ५० लिटर कच्चा पदार्थ, केवरेमा २७ लिटर मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…