पाल्पामा अस्पताल सहित नौ स्वास्थ्यचौकीका भवन निर्माण हुदै
आँधीखोला खवर/ पाल्पा,
पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ । निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा लोकप्रिय कन्स्ट्रक्सन प्रालिसँग २०६८ चैत ९ गते सम्झौता भए पनि ठेकेदारले काममा चासो नदिँदा ढिलाइ हुन पुगेको हो । स्वास्थ्य चौकी भवनको अहिलेसम्म ९५ प्रतिशत काम सकिइसकेको छ ।
निस्दीकै वडा नं ७ मा झिरुवास स्वास्थ्य चौकीको भवन निर्माणाधीन अवस्थामा छ । विसं २०७३ असार २६ गते बासुरी सुनील समिर जेभी कन्स्ट्रक्सन प्रालिसँग रु एक करोड ३९ लाखको लागतमा निर्माण गर्ने गरी सम्झौता भएको हो । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । तोकिएको समयमै काम सम्पन्न नभएपछि ठेकेदार कम्पनी म्याद थप्ने प्रक्रियामा छ ।
माथागढी गाउँपालिकामा भण्डारा थोतुङ्ग जेभी कन्स्ट्रक्सन प्रालिमार्फत रहवास स्वास्थ्य चौकीको भवन बनिरहेको छ । रु एक करोड ६० लाखको लागतमा २०७६ मङ्सिर २९ गते सम्पन्न हुने गरी निर्माण कार्य भइरहेको छ । यसको अहिलेसम्मको प्रगति दश प्रतिशत मात्रै रहेको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख इन्जिनीयर धु्रव पौडेलले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


