शिशु जन्माएसँगै अविवाहित आमाले गरिन् आत्महत्या

स्याङ्जा – स्याङ्जा जिल्लाकाे भीरकोट नगरपालिका-७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् ।
स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।
आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।आमा-शिशु दुवैकाे शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
अविवाहित स्नेहाले शिशु जन्माएपछि पश्चात आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँले यसबारे थप अनुसन्धान भइरहेको पनि बताउनुभयाे ।
वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ ।
स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टमा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होइन भन्ने विषयमा डीएनए परीक्षणपछि मात्रै टुङ्गो लाग्नेछ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…