शिशु जन्माएसँगै अविवाहित आमाले गरिन् आत्महत्या
स्याङ्जा – स्याङ्जा जिल्लाकाे भीरकोट नगरपालिका-७ की एक महिलाले शिशु जन्माएर घर नजिकैको बारीमा फालेपछि आफूले पनि आत्महत्या गरेकी छिन् ।
स्थानीय गम्बर बहादुर अधिकारीको बारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले छिमेकी बेगबहादुर अधिकारीको मल खाडलमा सालनाल भेटाएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीका अनुसार बेग बहादुर अधिकारीकी २२ वर्षीया छोरी स्नेहाले अवैध सम्बन्धबाट बच्चा जन्माएर गाडेको र आफूले पनि आत्महत्या गरेकी हुन् ।
आफ्नै गोठमा स्नेहाले सलको पासो लगाइ छट्पटाइरहेको अवस्थामा स्थानीयले देखेपछि हँसियाले सल काटेर उनलाई उपचारका लागि वालिङ प्रथामिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।आमा-शिशु दुवैकाे शवलाई पोष्मार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
अविवाहित स्नेहाले शिशु जन्माएपछि पश्चात आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । शिशुको थप पहिचानको लागि डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । उहाँले यसबारे थप अनुसन्धान भइरहेको पनि बताउनुभयाे ।
वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि स्नेहाले बच्चा जन्माएको पोष्टमार्टमा देखिएको जनाएको छ ।
स्वास्थ्य केन्द्रका डाक्टर सुवास पौडेलका अनुसार पोष्टमार्टमा स्नेहाले बच्चा जन्माएको देखिन्छ तर उनको बच्चा हो वा होइन भन्ने विषयमा डीएनए परीक्षणपछि मात्रै टुङ्गो लाग्नेछ । शिशु जिवितै वा मृत जन्माएको भन्ने विषय भने खुलिसकेको छैन ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


