बनकट्टा सांस्कृतिक होमस्टे भवनको शिलान्यास

कला राना/स्याङजा
स्याङ्जाको वालिङ नगरपालिका ७ बनकट्टामा सामुदायिक भवनको शिलान्यास गरिएको छ । बनकट्टा सांस्कृतिक होमस्टेको सामुदायिक भवनको बिहीबार वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै नगर प्रमुख खाँणले वालिङ नगरपालिकाभित्र कृषि र सांस्कृतिक गरी दुई प्रकारका होमस्टेहरु रहेको बताउँदै बनकट्टा सामुदायिक होमस्टे कृषि र संस्कृति दुबैमा राम्रो रहेको विचार ब्यक्त गर्नुभयो ।

“बनकट्टा गुरुङ समुदायको बसोबास रहेको गाउँ हो” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरु आफ्नो भाषा, कला, रीतिरिवाजहरु संरक्षण गर्नुहोस्, संस्कार संस्कृतिको रक्षा गर्ने गरी अगाडि बढ्नुहोस् यहाँको संभावना प्रशस्त देखिन्छ ।”
होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा तालिमहरुका लागि समय समयमा नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख खाँणको भनाई थियो ।
“विकास निर्माणका कार्यमा तपाईहरु एकजुट भएर लाग्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईले विकास निर्माणका लागि ल्याउनुभएका राम्रा योजनाहरु सम्पन्न गर्न बजेटको कुनै समस्या हुँदैन ।”
शिलान्यास समारोहमा ७ नं. वडा अध्यक्ष पाण्डुकुमार थापा, समाजसेवी बिन्द्रबहादुर गुरुङले वडाभित्रको विकास निर्माणमा सवै वडावासी सचेत र एकताबद्ध भएर लागेको बताउनुभयो ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन गरेको रु १० लाख, वालिङ नगरपालिकाको रु. १ लाख र स्थानीय जनश्रमदान २ लाख गरी पहिलो चरणमा रु १३ लाखको कार्य गरिने बनकट्टा सांस्कृतिक होमस्टेका अध्यक्ष भोजराज गुरुङले बताउनुभयो । भवन शौचालयसहितको तीन कोठाको हुने छ ।
स्थानीय बिन्द्रबहादुर गुरुङ र काजीमान गुरुङले निशुल्करुपमा प्रदान गर्नुभएको जग्गामा भवन निर्माण थालिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
बनकट्टा सांस्कृतिक होमस्टेका अध्यक्ष भोजराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजसेवी कोपिलमणि भण्डारीले र स्वागत सचिव तुलबहादुर गुरुङले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…