गाँउपालिकालाइ चिनाउने महत्वपुर्ण आधार होमस्टे

आँधीखोला अवर/अर्जुनचौपारी,
स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका २ लामीडाँडामा सामुदायिक होमस्टे भवनको शिलन्यास भएको छ ।
गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ्ले भवनको शिलन्यास गर्दै यो प्रदेशलाई होमस्टेको खानी बनाउने बताउनु भयो ।
उहाँले लामीडाँडा होमस्टे फरक ढंगले संचालन गर्न सकेमा गण्डकी प्रदेशकै नमुना बनाउन सकिने आधार भएको बताउनुभयो ।
उक्त सामुदायिक होमस्टे उद्योग पर्यटन, वन तथा वातवरण मन्त्रालय गण्डकी प्रदेशको १० लाख र गाँउपालिकाको ३ लाख ५० हजार गरी १३ लाख ५० हजारमा निमार्ण हुने सामुदायीक भवन कला र संस्कृति सगँ जोडिएर बन्ने भएकोे छ ।
शिलन्यास कार्यक्रममा गाँउपालिकाको एक मात्र होमस्टेको प्रचार प्रसार सम्वद्र्धनमा पालिकाको महत्वपूर्ण भुमिका खेल्न आवस्यक भएको बताए ।
शिलन्यासमा गाँउपालिका उपप्रमुख चिनमाया गुरुङ्ले होमस्टे गाँउपालिकालाई चिनाउने महत्वपुर्ण विकल्प रहेको बताउनुभयो ।
उहाँले होमस्टेलाई चाहिने सहयोग गाँउपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाचार
थप सामाग्री
प्रदेशकै उत्कृष्ट बन्याे स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका
४ दिन अगाडि
वालिङ १ फागुन कार्यसम्पादनको मुल्यांकनको आधारमा स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएका छन् । ११ स्थानीय तह रहेको जिल्लाको…