एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न
आँधीखोला खवर/भिरकोट,
एक दिने पशु स्वास्थ्य शिविर भीरकोट ९ मा सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना र भीरकोट नगरपालिका वडा नं. ९ को समन्वयमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरको उद्दघाटन गर्दै भीरकोट नगरउपप्रमुख सिमा केसीकर्माचार्यले आफ्नै गाउँठाउँमा आएको शिविरमा धेरै भन्दा धेरै लाभ लिन स्थानीयलाई आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिका कृषकको साथी भएकाले कृषकका समस्याहरुलाई समाधान गर्नका लागी प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र निमित्त प्रमुख गोपाल जिटीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पशु साखा प्रमुख शुसिल अर्याल र सञ्चालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । शिविरमा हजार १३ पशुको गोबर, पिसाब तथा मेडिकल उपचार गरिएको थियो । जसअन्र्तगत मेडिकल उपचारमा ७७८, गोबर परिक्षण २३०, पिसाब परिक्षण २ र थुनेलो परिक्षण ३ पशुको परिक्षण गरीएको हो । शिविरमा परिक्षण गरिएका अधिकांश पशुमा माटेको समस्या देखा परेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


