एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

आँधीखोला खवर/भिरकोट,
एक दिने पशु स्वास्थ्य शिविर भीरकोट ९ मा सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना र भीरकोट नगरपालिका वडा नं. ९ को समन्वयमा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरको उद्दघाटन गर्दै भीरकोट नगरउपप्रमुख सिमा केसीकर्माचार्यले आफ्नै गाउँठाउँमा आएको शिविरमा धेरै भन्दा धेरै लाभ लिन स्थानीयलाई आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिका कृषकको साथी भएकाले कृषकका समस्याहरुलाई समाधान गर्नका लागी प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र निमित्त प्रमुख गोपाल जिटीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
वडा अध्यक्ष भिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पशु साखा प्रमुख शुसिल अर्याल र सञ्चालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । शिविरमा हजार १३ पशुको गोबर, पिसाब तथा मेडिकल उपचार गरिएको थियो । जसअन्र्तगत मेडिकल उपचारमा ७७८, गोबर परिक्षण २३०, पिसाब परिक्षण २ र थुनेलो परिक्षण ३ पशुको परिक्षण गरीएको हो । शिविरमा परिक्षण गरिएका अधिकांश पशुमा माटेको समस्या देखा परेको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…