नेपाल जेसीजको एरिया बि सम्मेलनको निर्देशकमा पूर्ब अध्यक्ष लम्साल चयन
आँधीखोला खबर/वालिङ:
नेपाल जेसीजको एरिया बि सम्मेलनको निर्देशकमा दिपक लम्साल चयन हुनु भएको छ । वालिङ जेसीजको आतिथ्यतामा आगामी असोजमा हुन लागेको सम्मेलनका लागि वालिङ जेसीजका पूर्ब अध्यक्ष दिपक लम्साललाई सम्मेलन निर्देशकको जिम्मेवारी दिइएको हो । सन् २०१२ मा वालिङ जेसीजको अध्यक्ष रहेका बेला सफलता पूर्बक सम्मेलन सम्पन्न गर्नु भएका लम्साललाई वालिङ जेसीजको बोर्ड बैठकले निर्देशकमा मनोनयन गरेको हो ।
वालिङमा दोस्रो पटक हुन लागेको नेपाल जेसिजको एरिया बि सम्मेलनमा देशभरका ३२ शाखाबाट झण्डै १ हजार भन्दा बढी युवाहरु वालिङमा वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी दिनुभयो ।
वालिङ जेसीजको बोर्ड बैठकले कोषाध्यक्ष मणि प्रसाद अर्यालको संयोजकत्वमा क्यालेन्डर प्रकाशन समिति तथा शाखा सम्पादक दुर्गा न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन समतिको गठन समेत गरेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


