गण्डकी प्रदेश विश्वविद्यालय : स्याङ्जाका प्रा.डा.गुरुङ कुलपति नियुक्त
गण्डकी पहिलो प्रादेशिक विश्वविद्यालय खोल्ने प्रदेश बनेको छ । यो प्रदेशले गण्डकी विश्वविद्यालय स्थापना गरेर कुलपतिसमेत नियुक्त गरेको छ । मुलुक संघीय संरचनामा गएसँगै खोलिएको गण्डकी पहिलो प्रादेशिक विश्वविद्यालय हो ।
यस प्रदेशले आइतबार प्राध्यापक डा. गणेशमान गुरुङलाई कुलपतिमा नियुक्त गरेको छ । गुरुङ तत्कालीन एमालेको तर्फबाट संविधान सभाका सदस्य रहनु भएकाे थियाे । उहाँ विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्याे । उहाँले लामो समय त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा प्राध्यापन गरिसक्नु भएकाे छ । स्याङ्जा स्थायी घर भएका गुरुङ नेपाल समाजशास्त्र संघका अध्यक्ष पनि हुनुहुन्छ ।
कुलपतिको कार्यकाल ५ वर्षको हुनेछ । पाँच वर्षको अवधिमा यस विश्वविद्यालयलको शैक्षिक विकासमा प्रतिवद्ध भएर लाग्ने नव नियुक्त कुलपति गुरुङले बताउनु भयाे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


