व्यक्तिले हडपेको जग्गामा मन्त्री अर्यालले गाडिन् बोर्ड
काठमाडौं : काठमाडौं महानगरपालिकामा व्यक्तिले हडपेको सरकारी जग्गा सरकारको मातहत ल्याइएको छ । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो माताहत ल्याएको हो ।
उक्त जग्गामा आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाड्नु भएकाे हाे । बोर्ड राख्दै मन्त्री अर्यालले व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामकाे थालनीमात्र भएको बताउनु भयाे ।
बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए । स्थानीय बसन्तबहादुर खड्काले उक्त जग्गा आफ्नो नाममा भएको भन्दै लालपूर्जाको प्रतिलिपि समेत मन्त्री अर्याललाई देखाउनु भयाे । मन्त्री अर्यालले पनि नेपाल सरकारको नाममा भएको प्रमाणको फाइल देखाएर सरकारी जग्गा कसैले आफ्नो भनेर नहुने बताउनु भयाे ।
‘यो नेपाल सरकारको जग्गा हो, मालतपोतको ढड्डामा नै सरकारी जग्गा छ’ उहाँले भन्नुभयाे, ‘कुनै व्यक्तिले दावी गरेर हुँदैन ।’ मन्त्री अर्यालले सरकारी जग्गा आफ्नो मातहतमा ल्याउन कुनै कसर नराखिने समेत बताउनु भयाे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


