ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
काठमाडौं : सरकारले प्रहरी नायब महानिरीक्षक ठाकुर ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वर्तमान आइजीपी सर्वेन्द्र खनालले माघ २९ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउने भएपछि सरकारले ज्ञवालीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपीका लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्याय पनि लाइनमा रहेका थिए । वरीयताक्रममा लम्साल दोस्रोमा र उपाध्याय तेस्रोमा रहेका थिए ।
२०२२ साल असारमा प्यूठानमा जन्मिएका ज्ञवाली वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालका ‘ब्याची’ हुन् भने ज्ञवालीको कार्यकाल पाँच महिना रहने छ ।
दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश नम्बर–१ को प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्यूरोमा काम गरिसकेका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


