गल्याङ नगर अस्पताललाई स्तर उन्नती गरी व्यवस्थित बनाईने
आँधीखोला खबर/गल्याङ :
गल्याङ नगर अस्पतालको स्तर उन्नती गरि व्यवस्थित बनाउने विषयमा नगर अस्पताल व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको उपस्थितीमा बसेको समितिको पहिलो बैठकले अस्पतालको स्तरउन्नती र व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णय गरेको छ ।
समितिका सदस्य लिलाराज भण्डारीले नगरपालीका स्तरीय अस्पताल बनाउनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालको स्तर उन्नतीका लागि लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा गई आवश्यक परामर्श लिने निर्णय भएको छ ।
यस्तै, अस्पतालको व्यवस्थापकीय पक्ष सुधार गर्नका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षर रहेको खाता सञ्चालन गर्ने निर्णय पनि भएको छ । यसैगरी नगर सामुदायिक अस्पताल स्थापना गर्ने तत्कालिन समितिलाई उद्घाटनको अवसरमा सम्मान गर्ने निर्णय पनि बैठकले गरेको भण्डारीले जानकारी दिनुभयो ।
१५ सैयाको अस्पतालका लागि तत्कालिन गल्याङ सामुदायिक अस्पतालले अनुमति पाएपनि गल्याङ नगरपालिकाले अस्पतालको स्वामित्व लिएसँगै २५ शैयाको नगर अस्पताल बनाउने तयारी भएको हो ।
अस्पतालमा हाल एक जना एमविविएस डाक्टर, एक जना स्वास्थ्य सहायक सहित १७ जनाको दरबन्दी रहेको भण्डारीले जानकारी दिनुभयो ।
यसैवीच, गल्याङ नगरपालिका प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भुपराज अधिकारीले अस्पतालको स्तरउन्नतीको काम छिट्टै अगाडी बढ्ने बताउनुभएको छ । बैठकपछि उहाँले अस्पतालको स्तर उन्नतीका लागि संघीय मन्त्रालय, विभाग तथा प्रदेशमा आवश्यक समन्वयको काम भैरहेको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाले गएको असोज एक गते गल्याङ सामुदायिक अस्पतालको साँचो बुझेको थियो भने असोज २९ गते सम्पूर्ण स्वामित्व नगरपालिकाले लिनेबारे सम्झौता भएको थियो ।
अस्पतालमा हाल सरदरमा दैनिक ५० जना विरामीहरु उपचारका लागि पुग्ने गरेको अस्पतालले जानकारी दिएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


