आनन्दमणी-टुल्की साहित्य पुरस्कार डा.सुकुमलाई
भवानी अधिकारी/स्याङ्जा :
आनन्दमणी — टुल्की नन्दकला साहित्य पुरस्कार साहित्कार डा. सुकुम शर्मालाई प्रदान गरिएको छ । पण्डित आनन्दमणी टुल्की नन्दकला स्मृति प्रतिष्ठानद्धारा यसबर्ष तेस्रो साहित्य पुरस्कार शर्मालाई प्रदान गरिएको हो ।
स्याङजा आँधीखोला गाउँपालिका निवासी एवं पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल र उनका परिवारद्धारा आफ्ना आमा बुवाका नाउँमा स्थापित पण्डित आनन्दमणी—टुल्की नन्दकला साहित्य पुरस्कारबाट डा. शर्मा सम्मानित हुनु भएको हो ।
प्रतिष्ठानले साहित्य सम्मान तथा कबिता गोष्ठीमा साहित्यको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै आँधप्खोला ६ मा पण्डितकै निवासमा डा शर्मालाई नगद १० हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्रले सम्मान गरिएको हो ।

त्रिभुवन बिश्वबिद्यालयबाट २०६७ मा नेपाली साहित्यमा बिद्याबारिधी गरेका ५० बर्षिय डा शर्माका अमिला अणु (कबिता संग्राह २०४८), लहराका फुलहरु (हाइकु संग्रह २०५६) आगोका यात्रा (गद्य खण्ड काब्य २०५७), संघर्षशिल युवाको डायरी (उपन्यास २०५७), अनवरत यात्रा (उपन्यास २०५८), लाले र लिलीको कथा (बाल उपन्यास २०६१) लगायतका १८ कृति प्रकाशित छन् ।
बिश्व बिद्यालय क्याम्पस नेपाली केन्द्रिय बिभागमा वहालवाला सहायक डिन समेत रहेका डा शर्माका नेपाली ब्याकरणको ऐतिहासिक इतिहास (शोधग्रन्थ २०७०), आँधीखोला क्षेत्रमा प्रचलित उखानको अध्यन (शोधग्रन्थ २०६२), पारिजातका कबिताको अध्यन (शोधग्रन्थ २०६२), नेपाली ब्याकरणको इतिहास लगायतका १३ वटा अनुसन्धानात्क तथा कृति प्रकाशित भएका छन ।
पुतलीबजार नगरपालिका ३ मा मा जन्मेका डा शर्माले उत्कृष्ठ निबन्ध पुरस्कार , नेपाल बिद्याभुषण क, पारिजात बाल साहित्य पाण्डुलिपी पुरस्कार सहित छ वटा पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्यमा स्याङजा उर्वरभूमि रहेको बताउदै स्याङ्जाले समग्र मुलुक लगायत नेपाल प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराउन सफल बनेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. लालुप्रसाद पौडेल, प्रा.डा. खुमनारायण पौडेल, प्रा.डा. रविलाल अधिकारी, प्रा.डा. यामबहादुर पौडेल, पुरस्कार संस्थापक त्रिलोचन ढकाल, साहित्यकार विश्वप्रेम अधिकारी, देवीप्रसाद वनवासी, नारायणप्रसाद ज्ञवाली, प्रेम लुइटेल, मिलन समिर, सूर्यप्रसाद डुम्रे, शम्भु अर्याल, बसन्त खनाल, नारायणप्रसाद ज्ञवाली, रामराज ज्ञवाली, खुमनारायण पौडेल, सृजना भट्टराई, यामकान्त खनाल, परिवेश मरासीनी, बिद्या सुवेदी, भिम रानाभाट लगायतले आ आफना साहित्य एवं कविता वाचन गर्नुभएको थियो ।
कबिता प्रतियोगितामा उत्कृष्ठ हुनेहरु पूर्णामृत मावि वालिङका प्रिया न्यौपाने र सरस्वती मावि पुतलीबजारका अमृत पोखरेललाई पुरस्कृत गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष डा. महेश्वर शमाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन साहित्यकार प्रेम लुइटेलले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


