चापाकोट नगरपालिकाको छैटौं नगरसभा सम्पन्न
विश्व भट्टराई/चापाकोट :
चापाकोट नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको चापकोट नगरपालिकाले केही योजनाहरू हिउँदे नगर सभा वाट संशोधन गरेको छ ।
शुक्रवार नगरपालिकाको सभाहलमा सम्पन्न हिउँदे नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख शिवकुमार गिरीले वताए ।
उनले समग्र नगर विकासको लागी दिर्घकालिन योजना सहितको कार्यक्रममा बजेट विनियोजन गर्न सबै वडा अध्यक्षहरुलाई अनुरोध गरेका छन् । नगरपालिकाको बजेट प्रभावकारी विकास हुने र विकासको अनुभुती नागरिकमा हुने खालका योजनाहरु लाई प्राथमिकता दिइने उनको भनाई थियो । नगरप्रमुख गिरीले वडा अध्यक्ष र वडा सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा खटेर जनताको सेवा गर्न निर्देशन दिएका थिए।

चापाकोट नगरपालिकामा जनप्रतिनिधिहरु आएपछि बिस्तारै बिकास निर्माणका कामहरु भएको हुँदा जनप्रतिनिधिहरु लाई नआतिन आग्रह समेत गरेका थिए ।
न
गरसभा मा नगर कार्यपालिकाले गरेको निर्णयहरु लाई अनुमोदन गरेको छ । सभाले वडा नं ६ को वडा सदस्य बिष्णु माया बिक को शोक प्रस्ताव पारित गरेको छ ।
नगरसभाबाट केहि राजश्व परिमार्जन गरि संशोधन गरेको छ । नगरसभावाट नागरिकवाट लिइदै आएको साधारण सिफारिसको शुल्क संशोधन गरी घटाइएको छ । सभाले चालु आर्थिक वर्ष ०७६ ७७ का योजनाहरुको प्रगति को समिक्षा गर्नुकासाथै केहि योजानाहरु को रकमान्तर गरेको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


