रु ५० नगद जरिवाना : सवारी लाईसेन्स किर्ते मुद्धाका फरार बिमल कारागार चलान
आँधीखोला खबर/स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लाईसेन्स किर्ते मुद्धाका फरार बिमल खनाललाई पक्राउ गरेको छ । बाग्लुङ जिल्ला अदालतको गत २०७३ साल पौष महिनाको ३ गतेको फैसलाले ११ महिना २० दिन कैद र ५० नगद जरिवाना तोकिएका थियो ।
स्याङ्जाको जिल्लाको साविक तुल्सीभञ्याङ गाविस ७ हालको गल्याङ नगरपालिका ११ बस्ने ३० वर्षीय विमल खनाललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले गोप्य निगरानी गरी गोरखाको छेपेटारबाट पक्राउ गरेको थियो शुक्रबार खनाललाई जिल्ला अदालत पेश गर्दा तोकिएको सजायँ भुक्तानका लागि अदालतले आदेश दिएकाले खनाल कारागार चलान भएका स्याङ्जाका प्रहरी निरिक्षक गौतम बोहेराले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


