सरकारी तहबाट नै बिश्वप्रशिद्ध शालिग्राम शिलालाई विवादमा पारियो,कालिगण्डकी ‘ए’ले स्थानीयतहलाई रोयल्टी बुझाएन-सांसद मल्ल ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले दुईतिहाईको शक्तिशाली सरकारले जिल्ला कै सिमा मिच्नु दुर्भाग्य भएको बताउनु भएको छ । गण्डकी प्रदेशसभामा बोल्दै सांसद मल्लले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ र साविकको पिढिखोला गाविस वडा नम्वर ८ मा पर्ने शालिग्राम शिलालाई पर्बत जिल्लामा राखेको भन्दै आक्रोस पोख्नु भएको हो । उहाँले भन्नुभयो,“अन्तराष्ट्रिय सिमाना मिचिएको चर्चा हुन्थ्यो यहाँ त दुई तिहाईको शक्तिशाली सरकारले जिल्ला कै सिमाना नै सार्न थाल्यो ।”
आईतवार प्रदेश सभामा बोल्दै मल्लले भन्नुभयो,“यो नियतवस हो कि भुलवस हो, जिम्मेवार प्रदेश सरकार वा बिषयगत मन्त्रालयले ठाँउ तथा स्थानको पहिचान गर्दा भुगोलको सामान्य जानकारी नराख्नु आपत्तिजनक छ । ” ऐतिहासिक क्षेत्रलाई विवादित बनाउने कामको शुरुवात प्रदेश सरकारबाट भएको सांसद मल्लको आरोप छ ।
सांसद मल्लले बिबादित कार्यलाई तत्काल अन्त्य गरी स्थानीयतहको पहिचान र मागलाई सम्वोधन गर्न आग्रह समेत गर्नु भएको छ । उहाँले शालिग्राम शिला क्षेत्रको विकास र व्यवस्थित बनाउनका लागि थप बजेट बिनियोजन गर्न समेत सरकारसँग आग्रह गर्नु भएको छ ।
संघीय सरकारलाई बलपुग्ने गरी गण्डकी प्रदेश सरकारले १ सय १० स्थानलाई पर्यटकीय गन्त्व्यको रुपमा घोषणा गरेको छ । संयोगबस गण्डकी प्रदेशको उद्योग,पर्यटन बन तथा वातावरणमन्त्री समेत पर्बतका बिकास लम्साल रहनु भएको छ ।
फरक प्रसङ्गमा मल्लले सरकार गैह्रजिम्मेवार बन्दा स्थानीयतहरु लथालिङ्ग भएको बताउनु भएको छ । कालिगण्डकी ए जलबिद्युत परियोजनाले बिक्रम सम्वत २०५९ देखि साविकको जिल्ला बिकास समिति स्याङ्जामा बुझाउदै आएको रोयल्टी स्याङ्जाका स्थानीयतहहरुलाई नबुझाउनु दुखद भएको भएको मल्लको भनाई छ । उहाँले थप्नु भयो, यो त एक उदाहरण मात्रै हो ।
कालिगण्डकी गाँउपालिकाको वडा नम्वर ५ र ७ मा पर्ने जलबिद्युत आयोजनाले जिल्लाको पानी र जमिन उपभोग गरे बापत बार्षिक झण्डै १ अर्ब राजस्व बुझाउदै आएको छ । प्रदेशसभामा बोल्दै मल्लले भन्नुभयो,“स्थानीयतहले पाउनु पर्ने रकम सिधै अर्थमन्त्रालयमा गएको छ, अधिकार सम्पन्न स्थानीयतहलाई रकम दिलाईदिन म जोडदार माग गर्दछु ।”
साविककको जिल्ला बिकास समितिलाई दिने रोयल्टी रकम जिल्लामा बिद्युत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन हुने गरेको थियो तर संघिय संरचना बनेपछि स्थानीय नागरिकहरुले उपभोग गर्दै आएको बिद्याुत लाईन हरु लथालिङ्ग रभताभुङ्ग भएकाछन् आवश्यक बजेट नहुदा मर्मत गर्न सकिएको छैन मल्लले भन्नुभयो । उहाँले तत्कालि स्याङ्जाका स्थानीयतहहरुलाई उक्त रोयल्टीको रकम उपलव्ध गराउने बाातावर बनाउन प्रदेश सरकारसँग माग समेत गर्नु भयो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


