प्राविधिक शिक्षालय स्थापना गर्न भिरकोटकाे जनप्रिय माविमा महायज्ञ हुँदै ।
भिरकोट :
भिरकोट नगरपालिका वडा नं ५ स्वरेक सिम्ले स्थित जनप्रिय माध्यमिक विद्यालयमा शैक्षिक स्तरउन्नती साथै प्राविधिक शिक्षालय स्थापनार्थ ज्ञान महायज्ञ गर्न लागेकाे छ ।
भगवान शिवको विशेष महिनाको रुपमा मानिने माघ महिनामा ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ । महायज्ञ यही माघ ७ गतेवाट १४ गते सम्म सन्चालन हुनेछ ।
२०१८ सालमा प्रा.वि. को रुपमा स्थापना भई २०३६ सालमा नि.मा.वि गरि २०६५ सालमा माध्यमिक विद्यालयमा स्तरउन्नती भएको उक्त विद्यालयले आगामी दिनमा उच्च शिक्षा समेत सन्चालन गर्ने तयारी स्वरुप महायज्ञ सन्चालन गर्न लागिएको विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष राजिन्द्र सिंहले जानकारी दिनुभयाे।

महायज्ञ सन्चालनका लागि स्थानीयहरुको भेलाले १ सय ५१ सदस्यीय मुल आयोजक समितीको गठन समेत गरिसकेको छ । जसको संयोजकमा वालिङ नगरपालिका वडा नं ११ का वडा सदस्य चोलकान्त पौडेल रहेका छन् । भने भेलाले भीरकोट नगरपालिकाका प्रमुख छायाँराम खनालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितीको समेत गठन गरेको छ । भेलाले महायज्ञको निर्देशकमा वडा अध्यक्ष यामप्रसाद अधिकारी र सहनिर्देशकमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजिन्द्र सिंहलाई चयन गरेको छ ।
भेलामा भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले धर्म संस्कृतीको संरक्षण र सम्वर्दनले सामाजिक सहअस्थित्व र धार्मिक सहिष्णुतालाई कायम राखि सम्मुनत राष्ट्र निर्माणमा सहयोग हुने भन्दै धर्म संस्कृतिको जगेर्ना गर्नुपर्ने वताएका थिए । राष्ट्र राष्ट्रियताको रक्षा र धर्म संस्कृतिको रक्षाका लागि नैतिक शिक्षाको अभाव भएकाले विद्यार्थीलाई नैतिक शिक्षा पढाउनुपर्ने वताएका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


