मगर संघ अधिबेशन : जातजातिको एकताले मात्रै देशको बिकास सम्भव-सांसद मल्ल
माधव भट्टराई/चापाकोट :
गण्डकी प्रदेश सभा सदस्य भागवत प्रकाश मल्लले जात जाति एकताले मात्रै देशको बिकास हुन सक्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय मगर संघ चापाकोटको प्रथम नगर अधिबेशनको उद्घाटन गर्दै सांसद मल्लले सबै जातजाती तथा धर्म संस्कृतिको सहकार्य र एकताले नै देशको सर्वाङ्गिण बिकास हुन सक्ने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्र २ का क्षेत्रीय सभापति देब बहादुर खाँण ईश्वर , नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष चन्द्र राना , नेपाली काग्रेस चापाकोट सभापति रामचन्द्र पङ्ज्ञानी , नेपाल राष्ट्रिय मगर संघ केन्द्रिय सदस्य सेर बहादुर थापा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाका अध्यक्ष बिक्रम सारुको अध्यक्षता भएको कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय मगर संघ स्याङ्जाका उपाध्यक्ष दिल बहादुर थापाले र संचालन सचिव बिष्णु बहादुर मस्रागिले गर्नु भएको थियो ।

अधिबेशनले ढक बहादुर थापाको अध्यक्षतामा १७ सदस्यीय नेपाल राष्ट्रिय मगर संघ चापाकोट नगर कार्य समिति गठन गरिएको छ । जसको उपाध्यक्ष भिम बहादुर थापा ,सचिव बिरेन्द्र सारु , लगाएत रहनु भएको छ ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


