सीप मुलक तालिम सञ्चालनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
आँधीखोला खबर/पाल्पा :
ईभेन्ट परियोजना-दोस्रो अन्तर्गत सीपमुलक तालिम सञ्चालका लागि पाल्पाको तानसेनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पाल्पा सहित स्याङ्जा, रुपन्देही लगायतका जिल्लामा छोटो अवधीको सीपमुलक तालिम सञ्चालन गर्दै आएको कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर प्रालीको आयोाजानामा प्रशिक्षक तथा कर्मचारीहरुका लागि एक दिने अभिमुखीकरण तालिम सञ्चालन गरेको हो ।
तालिमको उद्घाटन गर्दै पाल्पा उद्योग बाणिज्य संघका महासचिब शैलेन्द्र भट्टराईले रोजगार मुलक तालिमले सर्बसाधारणको आर्थिक स्तर उकास्नमा सहयोग गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “सीप नपाएर बेरोजगार बस्न बाध्य युवा तथा युवतीका लागि तालिम निक्कै प्रभावकारी छ । ” राम्रो सीप प्रदान गर्न प्रशिक्षकको मुख्य भुमिका हुने भन्दै राम्रो प्रशिक्षण गर्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका सञ्चालक टंक प्रसाद भट्टराईले कुशल प्रशिक्षणले नै वास्तविक सीप सिकाउन सकिने बताउनु भयो । उहाँले तीन महिनाको अवधीमा प्रशिक्षकले खेल्नु पर्ने भुमिका लगायतका बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका तालिम संयोजक राजकुमार खड्काले प्रशिक्षकको जिम्मेवारी ,तालिम प्रदान गर्ने शैली, समय व्यवस्थापन लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा प्रशिक्षक संयोजक सुरेस न्यौपानेले प्रशिक्षणकला, तालिममा आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन, डकुमेन्टेसन लगायतका बिषयमा जानकारी गराउनु् भएको थियो ।
संस्थाले नेपाल सरकार शिक्षा मन्त्रालय, ईमेन्ट परियोजना दोस्रोको आर्थिक सहयोगमा सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । अभिमुखीकरण तालिममा पाल्पा, स्याङ्जा र रुपन्देहीका गरी ४० जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरले यो बर्ष पलम्वीङ, कुक,मन्टेश्वरी, ईलक्ट्रिसीयन, टेलरिङ लगायतका बिषयमा सीपमुलक तालिम प्रदान गर्ने संस्थाका निर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले तालिम दैनिक ५ घण्टाका दरले ३ महिना अर्थात ३९० घण्टा सञ्चालन हुने बताउनु भयो । व्यवस्थित रुपमा तालिम सञ्चालका लागि हेल्भेटास ईन्स्योरले नियमित अनुगमन गर्ने कार्यक्रममा जानकारी गराईएको थियो ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


