सिद्धार्थ राजमार्ग : वालिङ सडकखण्ड चार लेनको बनाउन टेन्डर आव्हान ।

आँधीखोला खबर/स्याङजा :
सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिका सडक खण्डको डेलिगेटेड २ लेन (चारलेन)को हुने भएको छ । नगरपालिका भित्र पर्ने सडक खण्ड अन्तर्गत पहिलो चरणमा जैसी पधेरा देखि पूर्ब पट्टिको सडक कालोपत्रे गर्नुका साथै चार लेनको बनाउनको लागि टेन्डर आव्हान भएको हो ।
सडक डिभिजन कार्यालय पोखराले ७ करोडको टेन्डर आव्हान गरेको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक बर्षमा नै काम गर्ने गरी टेन्डर आव्हान भएको बताउनु भयो । चारलेनको सडक बीचको भाग सहित २० दशमलव ५ मिटर को हुनेछ ।
राजमार्ग अन्तर्गत वालिङमा पर्ने अन्य सडकलाई कालोपत्रे र चार लेनको बनाउनको लागि डिपीआर तयार भईसकेको नगरप्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“डिपिआर अन्तिम चरणमा पुगेको छ । यसबारे हामी संघ र प्रदेशसँग छलफल गरिरहेका छौं”
वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्ग अन्गर्तको सडकलाई आफ्नै पहलामा चौडा पारेको थियो । सिद्धार्थ राजमार्ग अन्तरगत पर्ने १६ वटा स्थानीयतह मध्ये वालिङले मात्रै सडक चौडा पार्ने कार्यलाई अन्तिम चरणमा पुर्याएको छ ।
स्याङ्जाका पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिका तथा फेदीखोला गाँउपालिकाले समेत सडक चौडा बनाउने बारे छलफल शुरु गरेको बताईएको छ । पाल्पामा भएको राजमार्ग अन्गर्तका पालिकाहरुले आफ्नै पहलमा भए पनि सडक चौडा गर्नु पर्ने कुरा उठेको थियो ।
सरकारको स्मार्ट सिटिको अवधारणामा अगाडि बढिरहेको वालिङले सडक सँगै प्रत्यक्ष जनतासँग जोडिएका अन्य क्रियाकलापलाई समेत आधुनिकता प्रदान गर्दै लगेको जनाएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP