१५ बर्षीया किसोरीलाई बलत्कार गरेको आरोपमा १९ बर्षीय युवक पक्राउ
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाको चापाकोटका १५ बर्षीया किसोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १९ बर्षीय युवक पक्राउ परेकाछन् । पक्राउ पर्नेमा चापाकोट नगरपालिका वडा नम्वर ७ का मिलन गुरुङ रहेकाछन् । गुरुङले पौष १८ गते शुक्रबार साँझ पसलबाट मासु किनेर फर्कने क्रममा किसोरीलाई रोकेर बाटो छेउ गहुँखेतमा लगि जबरजस्ती करणी गरेको आरोप छ ।
किसोरीका आफन्तले प्रहरीलाई उजुरी दिएपछि गुरुङलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । प्रहरीका अनुशार गुरुङलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान शुरु गरिएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


