नेकपाले टुङ्ग्यायाे राष्ट्रिय सभा उम्मेदवार : नारायणकाजी र वेदुराम भुसाल पनि समेटिए
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले आउँदो मंसिर ९ गते राष्ट्रिय सभा सदस्य सङ्ख्याको एक तिहाइ सदस्यका लागि हुन लागेको चुनावका लागि उम्मेदवार चयन गरेको हो ।
प्रदेश १ मा नेकपाले इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ ।यस्तै प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवानलाई उम्मेदवार बनाउने निर्णय गरिएकाे छ ।
यस्तै नेकपाले प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाललाई उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । प्रदेश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्देवार चयन गरिएको छ । प्रदेश ६ मा नेकपाले महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मालाई उम्मेदवार छानेको छ । सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउँदा अन्यबाट तारामान स्वाँरको नाम परेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


