स्याङ्जा सहित बिभिन्न जिल्लामा बर्षा, चिसोले जनजीवन प्रभावित
अहिले देशभरिकै मौसम बदली भइ स्याङ्जा सहित पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।
अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पश्चिममा पानी पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले अब बिस्तारै काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाे छ । आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
आज देशभरिकै मौसम बदली भए पनि पश्चिमी वायु शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजको भन्दा शनिबार मौसम केही खुले पनि पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्नेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


