समाजसेवी एवं शिक्षाप्रेमी लामिछानेको निधन
भवानी अधिकारी/स्याङजा:
पुतलीबजार नगरपालिका ११ उनीयाचौरका समाजसेवी एवं शिक्षाप्रेमी मीनप्रसाद लामिछानेको ७१ बर्षको उमेरमा पुस १५ गते निधन भएको छ ।
झण्डैं ४० बर्ष शिक्षण सेवामा समर्पित लामिछाने बिगत डेढ बर्षदेखि आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । शिक्षणसंगै बिभिन्न सेवमूलक सामाजिक कार्यमा संलग्न लामिछानेले मातृभूमि मावि सतौंबाट ३० को दशकमा शिक्षण सेवामा प्रवेश गर्नुभएको हो । उहा जिल्लामा गनिएका माध्यमिक तहका गणित शिक्षक हुनुहुन्थ्यो ।
गतबर्षअघि उहा माध्यमिक तहको प्रथम श्रेणीवाट गतबर्ष अनिवार्य अवकाश पाउनुभएको हो । लामिछानेले स्याङ्जाको मातृभूमि मावि सतौ, सर्वोदय मावि आरुचौर, महिमा मावि चिसापानी, दहथुम मावि दार्सिङ र रुपन्देहीको नवरत्न मावि शिमलाहरमा प्रधानाध्यापक भई काम गर्नुभएको थियो ।
समाजसेवी लामिछाने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पुर्नवहालीका लागि नेपाली कांग्रेसले संचालन गरेका हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएको थियो । उहा नेपाली कांग्रेसका क्रियाशिल एवं सक्रिय सदस्य पनि हो ।
उहाको पार्थिव शरीरमा पुतलीबजार नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष भुवानीप्रसाद लामिछाने लगायतले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली गरेका छन । समाजसेवी एवं शिक्षाप्रेमी सहयात्री गुमाउनु परेको बताउदै वडा अध्यक्ष लामिछानेले उहाजस्ता सृजनशिल ब्यक्तित्वको सधैं खाचो खट्कीरहनेमा जोड दिनुभयो ।
उहाँको हिन्दु परम्पराअनुसार गल्याङ स्थित पवित्र नदी रामनदीधाम राम्दी स्थित कालीगण्डकी नदी किनारमा अन्तिम संस्कार गरिएको छ । उहाका पत्नी, एक छोरा र दुई छोरी छन् । केही समयदेखि उहा बुटवल नगरपालिका १२ तिमनगर बस्नुहुन्थ्यो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


