खाद्य स्वच्छता सम्बन्धी तालिम वालिङमा सम्पन्न ।
आँधीखोला खबर/वालिङ:
एक दिने खाद्य स्वच्छता सम्बन्धी तालिम वालिङमा सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराको आयोजना तथा वालिङ उद्योग वाणिज्य संघ एवम् होटल व्यवसायी संघ वालिङको सह–आयोजनामा तालिम सम्पन्न भएको हो ।
तालिममा विशेष गरेर मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुमा हुनुपर्ने स्वच्छता र सरसफाईको पक्षमा अपनाउनुपर्ने सतर्कताको बारेमा प्रशिक्षण दिईएको थियो । विशेष त ः होटल व्यवसायी, रेष्टुरेण्ट स्टाफ, क्याटरिङ व्यवसायी तथा क्यान्टिन सञ्चालक आदिलाई लक्षित गरेर सञ्चालन भएको तालिममा ४० जना भन्दा बढीको सक्रिय सहभागीता रहेको थियो ।

तालिम होटल व्यवसायी संघ वालिङका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षता, वालिङ उद्योग वाणिज्य संघको अध्यक्ष शोभाकान्त पौडेलको प्रमुख आतिथ्यता र महासचिव केशरबहादुर खाँण (ध्रुब) को सञ्चालनमा भएको थियो । होटल व्यवसायी संघका सचिव धनबहादुर क्षेत्रीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा सु–आहारा कार्यक्रमका सम्पूर्ण राईले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका कार्यालय प्रमुख प्रशान्त पोखरेलले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले खाद्य स्वच्छता सम्वन्धी तालिम गोष्ठीहरु निरन्तर भईरहनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो जसले गर्दा होटल व्यवसायीहरुले उपलब्ध गराउने सेवामा गुणस्तरीयता आउनुका साथै खाद्य स्वच्छताका कारण आम सर्वसाधारणको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सकोस् ।
वालिङ १०, भकुण्डेस्थित होटल भेनसको सभाहलमा सम्पन्न भएको तालिममा सहभागीहरुलाई प्रमाण–पत्र समेत उपलब्ध गराईएको वालिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख बाबुराम रेग्मीले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


