स्याङ्जा महोत्सव : कमला र प्रिन्सको दोहोरी
भवानी अधिकारी/स्याङ्जा : स्याङ्जा महोत्सवमा बालगायिका कमला घिमिरे र बालगायक प्रिन्स लम्सालले दर्शकलाई मनोरञ्जन दिएका छन्। उनीहरूको प्रस्तुतिलाई झनै रोचक बनाउन सफल रहे स्याङ्जाली कलाकार रामजी खाँण र घनश्याम रिजाल।
धादिङ घर भएकी १३ वर्षे कमला र स्याङ्जा भीरकोटका १३ वर्षे प्रिन्सको दोहोरो सुन्न लालायित दर्शकलाई उनीहरूले खुसी पारे। नम्र, मिजासिलो, मौलिकपन र सरल भावमा गाइएको गीतबाट महोत्सव अवलोकनकर्ताले भरपुर मनोरञ्जन लिए।
कमला आफ्ना बुवासँगै स्टेट चढिन् भने प्रिन्स आमासँगै आएका थिए। रामजी खाँण, सञ्जीव रानालगायतलाई स्वागत गरियो। कमलाले पहिलो पटक रामजी खाँणसँग गीत गाइन्। सरल र मार्मिक भावमा भावना पोख्न जानेकी कमलाको बालप्रतिभा लोभलाग्दो छ। उनले भीरकोटका बालगायक प्रिन्ससँग पनि दोहोरी गाइन्। गाउँदै सबैलाई नचाइन्। सबैलाई सम्बोधन गर्दै आफ्नो परिचय गराइन्। कमलाको स्वरमा रहेको पहिलो दोहोरी गीत र अमृत सापकोटासँग गाएको चिया छानेको गीत बजारमा आएको जानकारी गराउँदै लम्सालसँगै दोहोरी गीत गाइन्।
कमला र प्रिन्सले स्याङ्जा महोत्सवमा झन्डै दुई घण्टा गीत गाएर भरपुर मनोरञ्जन गराएका छन्। उनीहरूका गीतसँगसँगै गाउँदै दर्शक नाचेका थिए। पुतलीबजार नगरपालिका—१ स्थित मालेबगरमा जारी महोत्सवलाई लक्षित गर्दै पहिलो पटक स्याङ्जा आएकी बालगायिका कमला र स्याङ्जाकै अर्का प्रिन्सलाई सबै जिल्लावासीले अझै अगाडि बढ्न सुझाव दिए।
स्याङ्जामा जन्मेका रामजीले पाँच वटा गीत गाए। मोडल करिश्मा ढकाललगायत स्थानीय कलाकारले नृत्य, गायन, रत्यौली प्रदर्शन गरेका थिए। महोत्सव पुस १६ गतेसम्म सञ्चालन हुनेछ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


