सूर्यग्रहणमा सार्वजनिक बिदा छैन-गृह मन्त्रालय
गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए ।
उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए । बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने निर्णय भएको उनले जानकारी दिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


