मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम
आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ५ पित्लेकमा मौसमी तथा बेमौसमी तरकारी खेती सम्वन्धी तालिम शुरु भएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा वालिङमा सञ्चालित “सीप तालिम कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तिकरण परियोजना अन्तरगत कृषकहरुका लागि तालिम दिन शुरु गरिएको हो ।
तालिमको उद्घाटन गर्दै वालिङ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष ढाकाराम पंगेनीले व्यवशायीक बन्न चाहने कृषकहरुका लागि नगरपालिकाले समेत सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “कृषकको पक्षमा नगरपालिका र वडा रहेको छ ।” अध्यक्ष पंगेनीले तालिममा सिकेका कुरालाई व्यवाहारमा उतार्न र व्यवशायीक कृषक बन्न आग्रह गर्नुभयो ।
कार्यक्रमको बारेमा जानकारी दिदै परियोजना प्रमुख राधाकृष्ण डुम्रेले कृषक र उद्यमीको हितमा नै नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“कृषक तथा उद्यमीलाई तालिमसँगै आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम अगाडि बढ्ने छ । ”
तालिममा वालिङ नगरपालिकाका कृषि शाखा प्रमुख केश बहादुर थापा, कस्तुरी अस्लामी थापा लगायतले प्रशिक्षण दिनुभएको छ ।
जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्दघाटन कार्यक्रममा स्वागत हुमनाथ लामिछानेले र सञ्चालन कृषि प्राबिधिक स्वयंसेवक राजेन्द्र प्रसाद लामिछानेले गर्नु भएको थियो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


