कार्किनेटा–नौडाँडा सडक कालोपत्रेका लागि संघिय सरकारद्धारा ६ करोड ४० लाख विनियोजन
आँधीखोला खबर : स्याङ्जा र पर्बत जिल्लाको महत्वपूर्ण नाकाको रुपमा रहेको कार्किनेटा–नौडाँडा सडकका लागि संघिय सरकारले बजेट विनियोजन गरेको छ । सडक स्तरोउन्नती गर्दै कालोपत्रे गर्ने प्रयोजनका लागि संघिय सरकारले समपुरक कोषबाट रकम विनियोजन गरेको हो ।
राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको बजेट विवरणमा नौडाँडा–कार्किनेटा सडकका लागि कुल ६ करोड ४० लाख रुपैंया विनियोजन गरिएको छ । चालु आर्थिक बर्षमा रकम खर्च हुने गरी समपुरक अनुदान मार्फत उक्त रकम विनियोजन भएको हो । दुई जिल्ला जोड्ने सडकको रुपमा रहेको उक्त सडक विगत केहि बर्ष पहिले कालोपत्रे भए पनि अधिकांश भाग खण्डहर बनेको छ ।
सडक विग्रेसंगै पर्वत जिल्लाको महाशिला र फलेवास क्षेत्रबाट छुट्ने सवारीहरुको यात्रा कष्टकर बन्दै आइरहेको छ । महशिला र फलेवास क्षेत्रबाट प्रदेश मुकाम पोखरा जानका लागि यो सडक छोटो हुने गर्दछ । सडक सञ्जालको शुरुवात नहुँदै पर्वत र बागलुङ जिल्लाबासीले यहि क्षेत्र हुँदै बुटवलबाट नुन र अन्य खाद्यन्न सामाग्रीहरु किनमेलका लागि प्रयोग गर्ने गरेका थिए ।
सडक खनिएको लामो समयसम्म पनि यो सडकको पुरै खण्ड स्तरोउन्नती हुन सकिरहेको थिएन । सडकको पुरै भाग कालोपत्रे हुँदा यात्रा थप सहज हुने फलेवास नगरपालिकाका प्रमुम पदमपाणी शर्मा बताउँछन । यसै सडकको हिलेखोला देखि कार्किनेटासम्मको सडक कालोपत्रेको काम भने शुरुवात भईसकेको छ । प्रदेशका भौतिक योजना मन्त्री रामशरण बस्नेतले उक्त सडकको शिल्यान्यास गरेका हुन ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


