कृषि र पर्यटन क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : सांसद रेग्मी
आँधीखोला खबर/वालिङ :
गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले कृषि र पर्यटन क्षेत्रको बिकासबाट नेपालीको आर्थिक उन्नती हुने बताउनु भएको छ । वालिङ नगरपालिका वडा नम्वर ५ मा व्यवसायिक मौरीपालन तालिमको समापन गर्दै सांसद रेग्मीले प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
पित्लेक मुख्यमन्त्री कृषि गाउँ घोषणा भएको भन्दै सांसद रेग्मीले योजना अनुसारका कामहरु भईरहेको जानकारी दिनुभयो ।
रेशम विकास कार्यक्रम वालिङको आयोजनामा वालिङ ५ को पित्लेकमा स्थलगत व्यवसायीक मौरीपालन तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा समाजसेवी कृष्ण खांण, नेपाल मौरीपालन व्यवसायीक महासंघका केन्द्रिय उपाध्यक्ष श्यामप्रसाद अर्याल, जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष निलकण्ठ लामिछाने लगायतले बोल्नुभएको थियो ।
रेशम विकास कार्यक्रम प्रमुख विनोद हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जनकल्याण सहकारीका व्यवस्थापक हुमनाथ लामिछाने र सञ्चालन गोविन्दराज गौलीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


