चापाकोट- ज्याग्दी बचतको साधारण सभा तथा अधिबेशन सम्पन्न ।
बिश्व भट्टराई/चापाकोट :
चापाकोट ४ दार्शिङमा रहेको ज्याग्दी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको नबौ साधारण सभा तथा पाचौं अधिबेसन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै चापाकोट नगरपालिका का प्रमुख शिव कुमार गिरीले सहकारीले बिशेष गरेर ऋण प्रवाह गर्दा ब्यक्ती लाई भन्दा समुहलाइ प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो । नगर प्रमुख गिरीले सस्तो ब्याजमा जनतालाइ ऋण लगानी गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर शाही ,वडा नम्बरी ४ का अध्यक्ष बिक्रम शारु, ऋण संयोजक बलराम गिरी,सेयर सदस्य निलाकन्ठ लम्साल ,टंक पुरी लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष अर्जुन कुमार खाँडको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लक्षमण शारुले गर्नु भएको थयो । पाचौं अधिबेशनले पुनः अर्जुन कुमारखाँण को नेतृत्व मा नया कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा बलराम गिरी सचिबमा केशब गिरी कोषाध्यक्षमा रिशब लम्साल र ऋण उपसमिति मा भिम बहादुर थापा रहनुभएको छ । सहकारिको चापाकोट नगरपालिका बिरुवा गाउँपालिका ,हरिनास गाउँ पालिका कार्यक्षेत्र रहेको छ । सहकारी मा हाल २१० सेयर सद्स्य रहेका छन ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


