पूर्वराजा ज्ञानेन्द्रको पाल्पामा भव्य स्वागत
पाल्पा : पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा पूजा–अर्चना गरेका छन् ।
त्यसक्रममा पूर्वराजा शाहलाई पाल्पावासीले भव्य स्वागत गरेका थिए । मखनटोलको हुलाकचोकदेखि शीतलपाटी हुँदै भगवतीटोलसम्म सयौं शुभेच्छुक, समर्थक तथा सर्वसाधारण लामबद्ध भइ पूर्वराजाको स्वागत गरेका थिए ।
उनीहरुले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘हिन्दुराष्ट्र कायम गर’जस्ता नारा लगाएका थिए ।कर्णेल उजिरसिंह थापाले अंग्रेजलाई युद्धमा हराएपछि उनले नै स्थापना गरेको भगवती मन्दिरमा पूर्वराजा शाहले करिब आधा घन्टा पूजा गरे ।
पूर्वराजा शाहले देशमा ‘असुनी’हरुको संख्या बढ्दै गएकाले राष्ट्र संकटमा परेको भन्दै दैवीशक्तिको आराधनामा हिँडेको बताए । पूर्वराजा शाहको भ्रमणका क्रममा पाल्पामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
७ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


