पुतलीबजारमा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइयो
भवानी अधिकारी/स्याङजा :
पुतलीबजार नगरपालिकामा अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवस मनाइएको छ । ‘गाँउ नगरमा महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका’ भन्ने मुल नाराका साथ १६ औं दिवस बिहीवार मनाइएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पुतलीबजार नगर आर्थिक विकास संयोजक एवं नगर सदस्य बाबुकाजी जि.टी.ले नागरिकका शिक्षा र स्वास्थ्यका लागि अहोरात्र खटिइने स्वास्थ्य स्वयंसेवीहरुलाई राज्यले उचित सम्मान दिनुपर्ने बताउनुभयो । बालमृत्यु दर मातृमृत्युदर घटाउनका लागि महिला स्वयंसेवीहरुको योगदान अमूल्य रहेको बताउदै उहाले नगरभित्रका स्वयंसेवीका लागि नगरपालिकाले केही बिशेष कार्यक्रम संचालन गर्ने जनाउनुभयो ।
कार्यक्रममा स्वास्थ्य स्वयंसेवी जिल्ला संजालका अध्यक्ष तारा शर्माले स्वास्थ्य स्वयंसेवीका काम, कर्तब्य र उनीहरुका गुनासाका बारेमा जानकारी गराउनुभएको छ । बर्षोंदेखि समाजसेवामा खटिने स्वयंसेवीका लागि अव राज्यले सोच्नु पर्ने समय आएकोमा जोड दिनुभयो । साथै, उहाले केन्द्रीय सदरकार समक्ष जिल्लावाट बिभिन्न ६ बुदें माग पुरा गर्न आग्रह गर्दै ती मागलाई सार्वजनिक गर्नुभएको थियो ।
स्वयंसेवी भन्ने शब्दलाई परिमार्जन गर्नुपर्ने, नेपाल सरकार पक्षले आइएलओ महासंघीमा हस्ताक्षर गरेका हुदा मासिक १३ हजार ४ सय ५० पारिश्रमिक तोकिनुपर्ने, निशुल्क विमाको ब्यवस्था गरिनुपर्ने, ७ बर्ष अघि तोकिएको कार्यक्रम वापतको दैनिक ४ सय रुपैंयालाई बृद्धि गर्नुपर्ने, निति निर्माणमा महिला स्वास्थ्य स्वयंसेवीको अर्थपूर्ण सहभागिता हुनुपर्ने, सबैका महानपर्वमा कम्तीमा पनि १० हजार रुपैया चाडपर्व खर्च वापतको रकम उपलब्ध गराउनुपर्ने र सेवाका आधारमा राज्यले उचित पारिश्रमिक सहित विदाईको माग गर्नुभएको छ ।
कार्यक्रममा स्वयंसेवी विमला गुरुङले झण्डैं २५ बर्षदेखि कार्यरत आफुले अहिलेसम्म राज्यका तर्फबाट खासै केही पाउन नसकेको बताउदै नियमानुसारका पारिश्रमिक र तालिमको अवसर दिइनुपर्नेमा जोड दिनुभयो ।
पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दयाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्यालले स्वागत एवं नगर स्वास्थ्य शाखा प्रमुख बिष्णुप्रसाद काफलेले संचालन गर्नुभएको थियो ।
पुतलीबजार नगरभित्रका १४ वडामा १ सय १ जना महिला महिला स्वास्थ्य स्वयंसेवी कार्यरत छन । सरकारले उनीहरुका लागि पोशाक वापत बार्षिक १० हजार र यातायात खर्च वापत बार्षिक ३ हजार पाउने गरेका छन भने पुतलीबजार नगरपालिकाले मासिक एक हजार भत्ता वापतको रकम उपलब्ध गराउदै आएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


