कास्की-२ : चुनावमा गरेको वाचा भुल्ने छैन-विद्या भट्टराई
पोखरा- उप-निर्वाचनमा कास्की-२बाट प्रतिनिधि सभामा निर्वाचित विद्या भट्टराईले आफूले जनतामाझ गरेको प्रतिवद्धता नभुल्ने वाचा गरेकी छन् ।
सोमबार आयोजित विजय सभामा बोल्दै विद्याले पार्टीले अघि सारेका र आफूले चुनावका क्रममा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने सुनाइन् ।
यो क्षेत्रमा जनतालाई आवश्यक विकास निर्माणका काम प्रतिबद्ध भएर पूरा गर्छौं,’ उनले भनिन्, ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा जुट्न दिएको हौसलाले पूर्वाधार निर्माणका कामलाई निरन्तरता दिनेछु ।’
सभामा उनले दिवंगत श्रीमान् रवीन्द्र अधिकारीप्रति श्रद्धा व्यक्त गरिन्। उनले भनिन्–‘हामीले पीडाका बाबजुद निर्वाचन सम्पन्न गरेका छौं, आरोह अवरोह तोड्दै जित हाँसिल गरका छौं ।’
सभामा बोल्दै नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय, प्रदेश र संघीय सरकारले अघि सारेका एजेन्डालाई जनताले अनुमोदन गरेको बताए ।
सभामा गण्डकी प्रदेश सह–इन्चार्ज एवं कास्की १ का संघीय सांसद खगराज अधिकारी, अध्यक्ष हितराज पान्डे, कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले सम्बोधन गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


