उपभोक्ता हित संरक्षण सम्बन्धी अन्तरक्रिया वालिङमा सम्पन्न ।
आँधीखोला खबर/स्याङ्जा :
उपभोक्ता हित संरक्षण सम्बन्धी अन्तरक्रिया वालिङमा सम्पन्न भएको छ । वालिङ उद्योग वाणिज्य संघले व्यवसायिकका समस्याहरु बुझ्ने र उपभोक्ता हितका लागी गर्न सकिने भुमिकाको बारेमा अन्तरक्रियाको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले आलेचना र टिकाटिप्पणी भन्दा सुझाव र सल्लाहमा अगाडि बढेमा जो सुकैको पनि हित हुने बताउनु भयो । प्रमुख खाँणले एक महिना अगाडि स्याङ्जा आउनु भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको आत्मीयता र सहकार्य निकै सकरात्मक रहेको भन्दै सकरात्मक सोँचको विकास सबैले गर्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जनप्रतिनिधि र कर्मचारीबीचमा महत्वपुर्ण सम्बन्ध रहेको भन्दै जनप्रतिनिधिले निर्माण गरेका नीतिलाई कार्यान्वयन गरी जनतालाई सहज सेवा दिने जिम्मेवारी कर्मचारीलाई भएको बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर स्थानीय तहले उपभोक्ता हितसंरक्षणका क्रियाकलापहरु गर्न सक्ने भन्दै उपभोक्ताहरुको हित नभएमा गणतन्त्र समेत धमिलो हुने प्रजिअ कुरुम्वाङको भनाई थियो । कार्यक्रममा वडा अध्यक्षहरुले आफ्ना वडामा देखिएको नागरिकता सिफारिस सम्बन्धी समस्याहरुका बारेमा प्रमुख जिल्ला अधिकारी र ईलाका प्रशासन कार्यालयका प्रमुख दामोदर शर्मासंग अन्र्तक्रिया गरेका थिए । त्यस्तै व्यवसायीहरुले बढ्दो व्यापार प्रतिषपर्धाका विषयमा समेत जिज्ञासा राखेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यवसायीहरुको हितमा उद्योग वाणिज्य संघ अगाडि बढेको भन्दै उपभोक्ताहरुको हितलाई समेत ध्यानमा राखेर व्यापारीले व्यापार गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत संघका उपाध्यक्ष गिरमान गुरुङ र सञ्चालन महासचिव केशरबहादुर खांणले धु्रवले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनीधि, नागरिक समाज, उद्योगी व्यापारी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


