तरुणद्धारा समसामयिक बिषयमा अन्तरक्रिया
भवानी अधिकारी/स्याङ्जा :
नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं. १ अन्र्तगत क्षेत्रीय तरुण दलको आयोजनामा शुक्रवार पुतलीबजार नगरपालिका ११ करेण्डाडामा तरुण भेटघाट एवं समसामयिक बिषयमा अन्तरक्रिया गरिएको छ ।
अन्र्तक्रियाको उदघाटन गर्दै संबिधानसभा सदस्य एवं नेपाली कांग्रेस महासमिति सदस्य राजु थापाले बर्तमान सरकारका क्रियाकलाप निंरंकुशतातर्फ उन्मुख रहेकोे बताउदै जनअपेक्षा अनुरुपका काम गर्न नसकेकोमा जोड दिनुभयो । तरुण युवाहरुको सहकार्य बिना मुलुकको दिगो विकास र समृद्धी संभव नभएको बताउदै उहाले तरुण युवालाई स्वेदेशमा रोजगार दिने उदघोष गरेको सरकारले काम गर्न नसकेको बताउनुभयो । युवा नेता थापाले भन्नुभयो ‘सरकार नागरिकका अधिकार खुम्च्याउन उदृद छ । नागरिकले जान्न पाउने संबैधानिक अधिकारवाट बन्चित गराउन बिभिन्न प्रपंच रच्दै आएको छ ।’
कार्यक्रममा तरुण दलका अध्यक्ष एवं प्रदेशसभा सदस्य भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस जिल्ला सदस्य तारा मल्ल, वडा अध्यक्ष भवानीप्रसाद लामिछाने, पुतलीबजार नगर सदस्य मनोज पौडेल, वडा सदस्य सुरजकुमार अधिकारी, नेपाल निजामति कर्मचारी संघ÷युनियनका पूर्व अध्यक्ष अनन्तनारायण अर्याल, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभपाति बिज्ञान भण्डारी, तरुण दलका क्षेत्रीय सदस्य शम्भु गुरुङ, रबि थापा, किशोर पौडेल, कमल पौडेल लगायतले ले मुलुकमा ब्याप्त हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र अनियमितालाई तरुण युवाले निगरानी बढाउनु पर्नेमा जोड दिनुभयो ।
क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ ‘बाबु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बोधराज अर्यालले स्वागत एवं सहसचिव सन्तोष नेपालले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


