कालीगण्डकी डाइभर्सन रोक्न केलादीघाटमा महाआरती महोत्सव ।
आँधीखोला खबर :
कालीगण्डकी संरक्षण, डाइभर्सन रोक्न र शालिग्राम जोगाउन केलादीघाटमा महाआरती महोत्सव गरिको छ । राधा दामोदर मन्दिर नेपाल निम्वार्क पिठ केलादीघाट धामको आयोजनामा नदी संरक्षण तथा नदीका तटमा रहेका शालिग्राम संरक्षण गर्न, केलादीघाट धामको महत्व समेत उजागर गर्ने उद्देश्य हरिबोधनी एकादशीको अवसर पारेर महोत्सव आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य मोहन पाण्डेले कालीगण्डकीको सभ्यता, महोत्सव, संस्कृति वातावरण पर्यावरणलाई जोगाउन यस क्षेत्रका राजनीतिक दल, स्थानीयवासी, सरोकारवाला सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

विश्वसामु नै शालिग्राम पाइने नदीका नामले प्रख्यात बनेको कालीगण्डकीलाई डाइभर्सन गर्न नहुने, नदी डाइभर्सन भएको खण्डमा शालिग्रामको अस्तित्व नै संकटमा पर्ने भएकाले कालीगण्डकी उपत्यकामा बिभिन्न कार्यक्रम गरेर नदी बचाउन दबाबमुलक कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


