सन्दीप-जापानमा सम्पर्कविहिन,खोजिदिन परिवारको आग्रह ।
आँधीखोला खबर /जापान :
झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका सन्दीप कोइरालालाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय सन्दीप २०७२ /१२/२९ मा जापान आएको उनको परिवारले बताएको छ ।
सुरुमा कुरुमे जापानमा आएका उनी किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए । उनी ०७५ मंसिर १७ देखि परिवारको सम्पर्कमा नरहेको सन्दीपका पिता भूमिप्रसाद कोइराला र माता मनकला कोइरालाले जानकारी दिएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीपलाई खोजी गर्न सघाउन एनआरएनए क्युसुका संयोजक देवराज उप्रेतीलाई परिवारले आग्रह गरेका छन् ।सन्दीपलाई देखे भेटेमा एनआरएनए क्युस्यु वा जापान प्रहरी कार्यालय वा उनका पिता भूमिप्रसादलाई ९८४६६०७१२४ जानकारी दिन सकिने संयोजक उप्रेतीले जानकारी दिए ।
संयोजक उप्रेतीले जापान प्रहरीसम्म सम्पर्कविहिन सन्दीपको जानकारी दिने बताए ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


