राजमार्गकाे धुलाे पखाल्न जेसीज, प्रहरी र स्थानीय सडकमा ।
प्रदिप कोराला /वालिङ
वालिङ नगरपालिका क्षेत्र भित्रको सिद्धार्थ राजमार्ग फराकिलो बनाउने कार्यले यतिवेला वालिङ नगरपालिका क्षेत्रको राजमार्ग धुलाम्य बनेको छ ।
धुलाम्य सडकमा यात्रा गर्ने यात्रु, पैदल यात्रु र स्थानीयलाई धुलोले हैरानी बनाइरहेको अवस्थामा वालिङ जेसीजले बुधवार बेलुका राजमार्गमा रहेको धुलो पखालेको छ । जेसीजले नेतृत्व गरेको कार्यक्रममा सामुदाय प्रहरी साझेदारी कार्यक्रम, स्थानीय र वालिङ नगरपालिकाले समेत सहयोग गरेको थियो ।

राजमार्गको वालिङ खण्ड केदारनाथदेखि जैसी पधेरा सम्मको सडकको धुलो दमकलको सहायतावाट पखालिएको हो । कार्यक्रममा नगर प्रमुख र उप प्रमुखको पनि सहभागिता रहेको थियो । समाजमा रचनात्मक कार्यहरु सन्चालन गर्दै आइरहेको जेसीजले नगरको बजार क्षेत्रमा मानिसहरुको बाक्लो उपस्थिती हुँदा धुलोले स्थास्थ्यमा गम्भिर अषर गरेकाले धुलो पखालिएको अध्यक्ष जेसी राजु तिवारीले जानकारी दिए ।
स्थानीय र अन्य संघ संस्थाले पनि साथ दिने हो भने वालिङ लाई धुलो मुक्त बनाउन सकिने उनको भनाई थियो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


