गुल्मीको सत्यवतीका बिक स्याङ्जाको कालिगण्डकीको कुवामा मृत फेला ।
आँधीखोला खबर/ स्याङ्जा :
गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकका अन्दाजी ५० वर्षीय सोमबहादुर बिक मृत अवस्थामा फेला परेकाछन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाको खर्सिङगैरा स्थित गौडाकुवामा बिकको शव फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो । बुधबार बिहान स्थानीयले देखेपछि बिर्घा प्रहरी चौकीमा खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक घिमिरेको नेतृत्वमा गएको टोलीले शव कुवाबाट निकाले हो । शवलाई पोष्टमार्टमका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । बिक झण्डै १० वर्षदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा बस्दै आउनु भएके थियो । ज्याला मजदुरीको काम गर्ने बिकको मृत्युबारे अनुसन्धान भईहरको प्रहरी निरीक्षक घिमिरेले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


