पहिरोले लग्यो झुल्दै गरेको धान, गर्जो टार्ने धेरैलाई रुवायो
पाल्पा / रामपुर : पहिरोले रामपुर नगरपालिका ४ मा मुरलीडाँडा क्षेत्रको तल्लोभागमा झुल्दै गरेको धान पुरेको छ । कुनै पाकेर पहलो भएका त कुनै लहलह झुलेका धान सहितको झण्डै २३ रोपनी खेतमा पहिरोले क्षति पुर्याएको हो ।
आँटीघर खेतको झण्डै ८ रोपनी जग्गा सोमबार राती पहिरो जाँदा तल्लो भाग फड्यार खेतको १५ रोपनीमा धान लगाएको जग्गा पुरिएको हो । माथिल्लो भागमा रहेको १० रोपनी आँटीघर खेत मध्ये जीवनराज भण्डारीको ५ रोपनी, पूर्ण कुमारी दमैको २ रोपनी र शोभा खाँणको १ रोपनी खेतमा पहिरो गएको थियो ।
सोही पहिरोले तल्लोभागमा रहेको २२ रोपनी फड्यारखेत मध्ये रामपुर ४ का सूर्य बहादुर जिसीको ३ रोपनी, मन कुमारी शाहीको ३ रोपनी १३ आना, नर बहादुर सार्कीको ३ रोपनी १३ आना, मन बहादुर रुचालको ४ रोपनी धान सहितको खेत पुरेको वडा अध्यक्ष एक बहादुर नेपालीले जानकारी दिए।
खेत भन्दा मुनी पानी रसाई रहने भएकोले पहिरो गएको नेपालीले बताए। धान लटरम्म फलेको थियो, अब केही समयमा स्याहार्ने गरि किसान दैनिक खेतमा पुगेर मुहान र पानी हेर्ने गर्थे उनले भने–यही धानबाट गर्जो टार्ने धेरैलाई रुवाएको छ । केही सहजताका लागि प्रहरीको सहयोगमा मुचुल्का उठाई पहल गरिएको उनले जानकारी दिए।
मध्य रातको समयमा पहिरो गएकाले पनि मानवीय क्षति हुनबाट जोगिएको छ । यस क्षेत्रमा बस्ती भने छैन । पहिरोका कारण खेत भन्दा तलको पाटीखोला केही समय थुनिन पुगेको स्थानीयले बताएका छन् । केही समयपछि खोला आफ्नै गतिमा बगेको थियो । हाम्रा कुरा डटकमबाट
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


