गल्याङ बजारमा भिन्तुना पर्व मनाईने गल्याङ ।
नारायण विश्वकर्मा /गल्याङ :
स्याङ्जाको गल्याङ बजारमा शनिवार भिन्तुना पर्व मनाईने भएको छ ।
नेपाल संवत ११४० को पावन अवसरमा गल्याङ नेवा समाजले भिन्तुना पर्व मनाउन लागेको गल्याङ युवा क्लबका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल संवत ११४० को स्वागतार्थ गल्याङ बजारमा भिन्तुना र्याली निकालिने भएको छ । गल्याङ नेवा खलको आयोजनामा गल्याङ्का विभिन्न चोकमा भिन्तुना र्याली निकाल्ने तयारी भएको छ ।
नेवारी समुदायमा प्रचलित म्हः पूूजाको दिनदेखि नेपाल संवत् (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा उक्त दिन बिहान ८ बजे गल्याङमा विभिन्न झाँकीसहित र्याली निकाल्ने नेवाः खल गल्याङ्का अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनुभयो ।
र्याली नेपाल संवत् सुरू हुने दिनको पूर्व सन्ध्या अर्थात् कात्तिक ९ गते निकालिनेछ ।
नेपाल संवत राष्ट्रिय विभूूती शंखधर शाख्वाले चलाएका हुन् । शाख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडांै, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवर्तक शाख्वालाई २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल संवत् नेपालमै प्रादूर्भाव भएको मौलिक संवत् हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


