कृषि तथा उद्यम बिकासको क्षेत्रलाई प्राथमिकता दिनु पर्ने सरोकारवालाहरुको भनाई ।
आँधीखोला खबर/वालिङ :
कृषि तथा उद्यम बिकासको क्षेत्रलाई प्राथमिकता दिनु पर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालन भईरहेको “सीप तालिम, कृषि तथा उद्यम बिकासद्धारा आर्थिक सशक्तीकरण परियोजना” को बारेमा आयोजना गरिएको अन्तरक्रियाका बक्ताहरुले आर्थिक शसक्तिकरणको लागि कृषि तथा उद्यम बिकासलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

वालिङ नगरपालिका वडा नम्वर ७ मा भएको कार्यक्रममा बोल्दै बरिष्ठ समाजसेवी लक्ष्मीकान्त रेग्मीले आर्थिक उन्नतीको लागि सबैले मेहनत गर्नु पर्ने बताउनु भयो । रेग्मीले कृषिमा क्रान्ति नभए सम्म सिंगो नेपालको आर्थिक उन्नती हुन नसक्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाहमुखी कृषि प्रणालीमा मात्रै अल्झियौं अव आमुल परिवर्तन ल्याउने गरी कृषिको क्षेत्रमा काम गर्नु पर्छ ।
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी र ५ नम्वर प्रदेशका प्रमुख सुदिप अर्यालले दीगो रुपमा उत्पादन हुने गरी काम गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “अब हामीले उत्पादनका माध्यमबाट पृथ्बीलाई सृङ्गार गर्नु पर्दछ ।” सन् २०३० सम्मका लागि तय भएको दीगो बिकासका लक्ष्यहरुको सफलताबाट नै समग्र मानबको हित हुन सक्ने अर्यालले स्पष्ट पार्नु भयो । परियोजनाबाट वालिङ बासीलाई निक्कै फईदा पुग्ने प्रमुख अर्यालको बिश्वास रहेको छ ।
परियोजनाको जानकारी दिदै दियालो संस्थाका अध्यक्ष कबिता तिवारी गैह्रेले कृषि तथा उद्यमशिलताको माध्यमबाट गरिवीलाई हटाउने लक्ष्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो कार्यक्रम नै कृषि तथा उद्यमी लक्षित रहेको छ । ”

कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष पाण्डुकुमार थापा, परियोजनाका प्रमुख राधाकृष्ण डुम्रे, स्थानीय उद्यमी अगुवा कृषक, जनप्रतिनिधी लगायतले बोलेका थिए ।
यस अघि वालिङ नगरपालिकाको कार्यालयमा भएको परियोजनाको समिक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले कार्यक्रमलाई दीगो रुपमा सञ्चालन गरी नगरलाई आर्थिक रुपमा सबल बनाउने अभियानमा आफूहरु लागि परेको जानकारी दिनुभयो । उहाँले छिट्टै वालिङ प्रडक्ट होल्डिङ कोअपरेटिभ मार्फत स्थानीयको उत्पादनलाई बजार सम्म पुर्याउने च्यानल तयार गरिने स्पष्ट पार्नु भयो ।
परियोजना अन्तर्गत नगरपालिकाका १४ वटै वडामा संकलन केन्द्रहरु खुल्ने चरणमा रहेका छन् । जहाँ वडामा उत्पादित बस्तुहरु संकलन भई वालिङ बजारमा रहेको नगर स्तरिय संकलन केन्द्रमा आउने छ भने त्यहाँबाट बजार सम्म पुर्याईने परियोजनाले जनाएको छ । बिषयगत सहकारी मार्फत नगरबासीलाई उद्यमी बनाउने परियोजनाको लक्ष्य रहेको छ ।



समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


