चिनियाँ राष्ट्रपति काठमाडौंमा ।
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता सम्पन्न गरी राष्ट्रपति सी आज काठमाडौं आएका हुन्।

एयर चाइनाको विशेष विमानबाट राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। विमानस्थलमा सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। सीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद् सदस्यहरु लगायत उच्च पदस्थ अधिकारीहरु पुगेका थिए।
सीलाई विमानस्थलमा नै राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ।
सी विमानस्थलबाट ताहाचलस्थित सोल्टी होटल जानेछन्। केही बेर विश्रामपछि सी राष्ट्रपति भवन शितल निवास पुग्नेछन्। शितल निवासमा राष्ट्रपतिसँग भेटपछि उनी सोल्टी होटल फर्कनेछन्। त्यहाँ राष्ट्रपति भण्डारीले सीका लागि ‘स्टेट डिनर’ को आयोजना गरेकी छिन्। आजै कांग्रेस सभापति शेर बहादुर देउवासँग सीले भेट गर्ने बताइएको छ।
आइतवार बिहानै सोल्टीमा सीसँग पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गर्नेछन्। यस्तै अन्य दलका नेतासँग भेट हुने अनुमान गरिएको छ।
आइतवार सी र प्रधानमन्त्री ओलीबीच द्विपक्षी भेट हुनेछ। ओली र सीबीच ‘वान अन वान’ वार्ता हुनेछ। यस्तै, दुवै राष्ट्रको प्रतिनिधिमण्डल सहित वार्ता हुनेछ। त्यसक्रममा नेपाल र चीनबीच द्विपक्षीय सन्धी सम्झौतामा हस्ताक्षर हुनेछ। सी आइतबार दिउँसो चीन फर्किनेछन्।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


