अपडेट : स्याङ्जाको हरिनासका युवाको हत्यामा सम्लग्न ५ जना पक्राउ ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङजाको हरिनास गाउँपालिकामा–५ वलिकोटका २९ बर्षिय महेन्द्रबहादुर आलेको हत्यामा सम्लग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, ईलाका प्रहरी कार्यालय चिसापानी, ईलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरेको प्रबक्ता भण्डारीले बताउनु भयो ।
प्रहरीले हरिनास ६ का २३ बर्षीय नरेश मानन्धर, ३० बर्षीय मातृका मानन्धर, बर्ष १९ का बिमल मानन्धर, बर्ष २८ का अमृत मानन्धर र बर्ष १९ को धरम मानन्धरलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


